हाइड्रोजन ऊर्जा, अमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य

लोकपथ
21
Shares
gd”gf dlR5G› dfljsf] ejg pb3f6g ;df/f]xdf dGqL e’;fn nlntk’/, #) ebf}M phf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e”;fn a’waf/ nlntk’/df e”sDkn] Iflt k’¥ofPsf] gd”gf dlR5G› dfWolds ljBfno ejg pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, अमोनिया  र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् ।

सोमवार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, अमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन् ।

उनले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, अमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन । मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताएकी हुन् ।

उनले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिएकी छन् । मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गरिन् ।

उनले विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरु गरिरहेकाले नेपाल सरकारले पनि हाइड्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।

मन्त्री भुसालले विश्वमा हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताए । उनले नेपालको जलस्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोगमार्फत जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताइन ।

उनले हरित उर्जामा सबै नेपाली जनताको पहुँच पु¥याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता रहेको औंल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?