चितवन मेडिकल कलेज तोडफोड गर्नेहरु माथि कारवाहीको माग

लोकपथ
21
Shares

काठमाडौं । बिरामीको मृत्यु भएको बिषयलाई लिएर गत असोज १७ गते चितवन मेडिकल कलेजमा भएको तोडफोड प्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रममा अति सघन कक्षमा भर्ना भएको विरामीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड गरिएको र सो कार्य निन्दनीय भएको संघको ठहर छ ।

संघले उपचारको क्रममा भएको मृत्युलाई लापरवाही भनी अस्वाभाविक आरोप लगाएर स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेकोप्रति घोर भत्र्सना र निन्दासमेत प्रकट गरेको छ ।

उपचारको क्रममा कुनै त्रुटी भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्यसंस्थामाथी नै आक्रमण गर्ने कार्यले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको भन्दै नेपाल चिकित्सक संघले स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रलाई आतकिंत पार्ने गरी घटाईएको अस्वाभाविक घटनाका सम्बन्धमा नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम दोषीमाथी कानुनी कारवाही गरी सुरक्षीत र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?