परीक्षणसँगै घटे कोरोना संक्रमित, २४ घण्टामा ११ जनामा संक्रमण

लोकपथ
70
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ७३८ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार २ सय १४ रहेको छ ।

सरकारले पछिल्ला दिनहरुमा परीक्षण घटाएसँगै कोरोना संक्रमितको संख्यामा समेत कमि आएको हो ।
कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय २८ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार १८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?