महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकपथ
42
Shares

महोत्तरी । आसन्न निर्वाचनको लागि महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।

यसअघिका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएतापनी आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ । मतगणना एकै ठाउँमा मात्र केन्द्रित हुँदा ढिला हुने र नतिजा समेत सुस्त हुने भएकाले मतगणना निक्कै छिटो हुने निर्वाचन आयोगको विश्वास छ ।

निर्वाचनलाई भयरहित वातावरणमा समपन्न गर्न जिल्लाका सुरक्षा निकायसँग बृहत् छलफल समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोले जानकारी दिए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ । यसैको रस्साकस्सीमा दलहरु लागिपरेका छन् ।

निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ वजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखि ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यतालिकामा प्रस्तुत गरेको छ ।

२५ असोजमा उजुरीका विरुद्ध छानविन तथा निर्णय गरि नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन सक्ने समयसीमा निर्धारण गरिएको छ । २६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछी सोही दिन १ बजेदेखि उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपछी दल तथा स्वतन्त्र उम्मेदवारहरु ४ मंसिरको तयारीमा जुटनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?