अर्काको नाममा ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारी पक्राउ

लोकपथ
147
Shares

काठमाडौं । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–६ घर भएका २६ वर्षीय सबिन अधिकारी रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?