काठमाडौं । चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । काठमाडौं २६ शिव मन्दिर नजिकैबाट हिजो एक पुरुषलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाँउपालिका ३ घर भई हाल काठमाण्डौको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् । वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०२८ प ७७८५ लाई परिवर्तन गरी बा ९० प ९०९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई हिजो ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
उक्त एनएस २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाण्डौको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौंको हात्तीगौडाबाट हराएको भनि मगरले निवेदन दिएका थिए । उक्त मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै, सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै, नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया