काठमाडौं । दसैँका लागि टिकट बुकिङ खुला भएको छ । काठमाडौं उपत्यकासहित अन्तरप्रदेशीय सवारीको टिकट बुकिङ खुला भएको हो ।
यातायात व्यवस्था विभागले भाडादर समेत सार्वजनिक गर्दै दसैँका लागि शनिबार (भोलि)देखि टिकट खरिद गर्न सकिने जानकारी दिएको छ ।
विभागले दिएको जानकारीमा यसपटक दसैँमा घर जानका लागि सर्वसाधरणहरुले २०७९ असार २७ गते तोकिएको भाडादर अनुसार टिकट काट्ने सुविधा पाउनेछन् । यात्राका क्रममा यात्रसँग बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गरी आवश्य कारबाही गरिने समेत विभागले जनाएको छ ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा सकेसम्म अनलाइन टिकट बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले छुट वा सहुलियत समेत प्रदान गर्ने तथा गराउने सहमति भएको थयो ।
।
यस्तो छ भाडादर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया