अध्यक्ष यादवलाई रिहा गर्न राष्ट्रिय एकता अभियानको माग

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय एकता अभियानाले अध्यक्ष विनय यादवको बिनासर्त रिहाइको माग गरेको छ ।

चिनियाँ प्रतिनिधि मण्डलको टोलीको नेपाल भ्रमण निष्पक्ष हुनुपर्ने माग राखेकै आधारमा यादवलाई पक्राउ गरिएको भन्दै यादवको विना सर्त रिहाइको माग गरिएको छ ।

अभियानकी उपाध्यक्ष सुनिता यादवले विज्ञप्ति जारी गर्दै उनको विनासर्त रिहा हुनुपर्ने र नभएमा आन्दोलनको समेत चेतावनी दिएकी छिन् ।

‘देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न हामी जोडदार माग गर्दछौं। अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने जानकारी समेत गराउँछौं।’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ भ्रमण टोलीको भ्रमण पारदर्शी हुनुपर्ने माग यादवको रहेको र सोही आधारमा मात्रै पक्राउ गर्नु निन्दनीय रहेको अभियानको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?