गोरखा १ र २ बाट प्रचण्ड र नारायणकाजी श्रेष्ठको नाम सिफारिस

लोकपथ
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम गोरखाबाट सिफारिस भएको छ ।

माओवादी केन्द्र गोरखाले क्षेत्र नं १ बाट प्रचण्ड र क्षेत्र नं २ बाट श्रेष्ठसहित अन्यको नाम सिफारिस गरेको हो ।

माओवादी केन्द्रको बिहीबारको बैठकले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट दाहालसहित केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशिला सिंखडाको नाम प्रस्ताव गरेको हो ।

त्यस्तै क्षेत्र नं २ मा श्रेष्ठसहित केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुणामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरिएको छ ।

गोरखाबाट नाम सिफारिस भए पनि अध्यक्ष प्रचण्डले आफ्नो दाबी चितवन–३ बाट प्रस्तुत गर्ने बताइरहेका छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट जित हासिल गरेका उनले आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

त्यस्तै हाल राष्ट्रिय सभा सदस्य रहेका श्रेष्ठ २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट तत्कालिन नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका हुन् । तर पछि उनलाई राष्ट्रिय सभामा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?