प्रचण्डले भने- ‘एमालेसँग एकताको सम्भावना छैन, चितवन–३ बाटै चुनाव लड्छु’

लोकपथ
77
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पूरानै क्षेत्र अर्थात चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचन लड्ने बताएका छन् ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र असहमति हुने कुनै सम्भावना नरहेको बताउँदै आफू चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने बताएका हुन् ।

‘गठबन्धनभित्र असहमति भन्ने कुरा छैन ।’ उनले भने, ‘म चितवनको क्षेत्र ३ मा चुनाव लड्छु ।’

त्यसैगरी हाल सिट बाँडफाँटका विषयमा गठबन्धनले अन्तिम निर्णय गर्ने तयारीमा रहेको समेत बताएका छन् ।

‘गठबन्धनमा संख्या नजिक पुगेर क्षेत्र प्रदेशको भागवण्डा मिलाउने तयारी भइरहेको छ ।’ प्रचण्डले भने ।

पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डले समाजवादी दलहरुसँग एकताको प्रयास भइरहेको र घोषणापत्र समेत एउटै आउन सक्ने बताए ।

‘समाजवादी दलसँग एकताको प्रयास भइरहेको छ। घोषणा पत्र एउटा नै आउन सक्छ।’ उनले भने ।

पछिल्लो समय गठबन्धनमा सिट बाँडफाँटका विषयमा संकट पैदा भइरहेको छ । सो समयमा माओवादीले एमालेसँग सहकार्य गरेर अघि बढ्ने समेत संशय पैदा भइरहेको छ । सो कुराको खण्डन गर्दै प्रचण्डले भने, ‘एमाले सँग कुनै तालमेल हुने सम्भावना छैन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?