काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गरेकी छिन् । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रमकाे आयोजना गरी राष्ट्रपति भण्डारीले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।
नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् । संघले गत वर्षदेखि महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल अवार्ड’ दिन शुरु गरेको थियो ।
‘वुमन इन मेडिसिन अवार्ड’ पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह छन् । त्यस्तै ‘वुमन इन मेडिसिन लाइफटाइम अवार्ड’ पाउनेहरुमा विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया