तीजले सबै विभेदको अन्त्य गर्ने प्रधानमन्त्री देउवाको विश्वास

लोकपथ
0
Shares
बि. पी. स्मृति सामुदायिक सहकारी अस्पताल, बसुन्धराको १४ औँ वार्षिक साधारण सभामा शनिबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन्।

नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।

तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ ।

यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना प्रधानमन्त्री देउवाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?