काठमाडौँ । संरक्षित दुर्लभ वन्यजन्तु ध्वाँसे चितुवाको छाला एक थानसहित तीन जनालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–१ बस्ने ३४ वर्षीय बुद्धिमान तामाङ र कास्की पोखरा महानगरपालिका–२४ बस्ने ४५ वर्षीय सालिक राम सुवेदी छन् ।
अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचना प्राप्त भएपछि व्यूरोबाट खटिएको प्रहरी टोलीले बौद्ध सिद्धार्थमार्गबाट उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया