काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।
शुक्रबार प्रहरी प्रधान मुख्यालयले विज्ञप्ति जारी गर्दै ४३ डिएसपीको सरुवा भएको र जेठ महिनादेखिको तलब भत्ता समेत सोही स्थानबाट पाउने जानकारी दिएको छ ।
जसअनुसार दरबारमार्ग, महाराजगञ्ज, नयाँ बानेश्वर र बौद्ध लगायतका डिएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दरबारमार्गमा कोपिला चुडाँल, बौद्धमा हरिबहादुर बस्नेत, महाराजगञ्जमा अंगुर जीसी र नयाँ बानेश्वरमा निशान्त श्रीवास्तव आएका छन् ।
त्यसैगरी बालाजु वृत्तमा रविन विष्ट, जगातीमा रामकुमार श्रेष्ठ, गौशलामा संजिब बाबु खड्का र लैनचौरमा गणेशबहादुर बम आएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया