वर्षेनी २० करोडका बल नेपाल भित्रिन्छन्

लोकपथ
84
Shares

काठमाडौं । नेपालमा एक वर्षमा करिव २० करोड रुपैयाँको विभिन्न प्रकारका बल भित्रिने गरेको पाइएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बलहरु नेपालले आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरु नेपाल भित्रिएका हुन् ।

गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो ।

सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ ।

गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ ।

यस्तै, उक्त अवधिमा बिभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शिर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?