काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लगत संकलन गर्न निर्देशन दिएको छ ।
सोमबार वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लगत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिएका छन् । सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
उनले भने,‘कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन निर्देशन गर्दछु । सम्बन्धित मन्त्रालयहरु उद्योग,श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरुसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरी उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्ने, विभिन्न कारखानाहरुमा विदेशी कामदारहरु रहेको विषयमा श्रम विभाग मार्फत सोको अनुगमन गरी लगत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरुलाई समेत सहभागि गराउन निर्देशन दिन्छ ।’
सभापति श्रीवास्तवले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागि गराउन निर्देशन दिए ।
समितिले सम्बन्धित मन्त्रालयहरु उद्योग, श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरुसग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरेर उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया