काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।
सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ ढिलाउने तयारी भएको प्रचण्डको सचिवालयले जनाएको छ।
‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ’, प्रचण्डको सचिवालयले भन्यो ।
बजेट निर्माणका क्रममा करको दर हेरफेरमा बाहिरी मान्छेहरुलाई प्रवेश गराएको आरोपपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनीमाथि छानबिन गर्न गठित समितिले करको दर हेरफेरमा बाहिरि मान्छेको प्रवेश नभएको निष्कर्ष निकालेसँगै उनलाई पुनः अर्थमन्त्री नियुक्त गर्न लागिएको हो ।
१० दिनपछि फेरि जनार्दन शर्मा नै अर्थमन्त्री !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया