एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात

लोकपथ
77
Shares

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?