काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् । कचनकवल गाउँपालिका–५ को पठामारीमा उनीहरु बयरको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृत भेटिएका ३ जनै किशोरीहरुको शनाखत भइसकेको छ ।
१६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले लोकपथलाई जानकारी दिए ।
उनीहरु ३ जनै सुनकोशी चिया बगानमा कार्यरत रहेकान थिए ।
पारिवारिक स्रोतका अनुसार उनीहरु हिजो बिहान शनिबार भएकाले घुम्न भन्दै घरबाट निस्किएका थिए । उनीहरु बेलुका अबेलासम्म पनि घर नआएपछि उनीहरुको खोजी गरिएको थियो । प्रहरीको सहयोगमा उनीहको शव घर भन्दा करिब १ किलोमिटर टाढा आज बिहान भेटिएको हो ।
‘प्ररम्भीक अनुसन्धान सकिएको छ । मुचुल्का उठाउने काम सकिएको छ । शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छौंँ ।’ डीएसपी पाठकले बताए ।
घटनाको प्रकृति हेर्दा यस्सै भन्नसक्ने अवस्था नभएकाले पोस्टमार्टम र थप अनुसन्धानपछि मात्रै घटनाकोबारेमा पत्ता लाग्ने उनले बताए ।
३ नै किशोरीको कसैसँग कुनै रिशिवी झैझगडा नभएको परिवारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया