काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया