गभर्नर अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनहरूको प्रदर्शन

लोकपथ
14
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन जारी राखेका छन् । सत्ता गठबन्धन दलहरु निकट भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तीकारी केन्द्रीय कमिटी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलगायतका संयुक्त विद्यार्थी संगठनले गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका हुन् ।

बिहीबार पनि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न ब्यानर, कार्टुन प्रदर्शन र नाराबाजी गर्दै विद्यार्थीले अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर जारी राख्ने नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समन्वय समितिका संयोजक परोपकार अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?