शुक्रबार करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौंमा भोलि (शुक्रबार) साउन ६ गते करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ ।

मेलामा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सूचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तीय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीहरु हुन् ।

ती मध्ये २० कम्पनीले मेलाकै दौरान सक्षम जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीहरुले सहभागीको सिभि संकलन गरि निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाइ छ । मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङको अवसर पाउने समेत बताइएको छ ।

आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहालस्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । आयोजकले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ । मेलामा अन्तरक्रिया कार्यक्रम (प्यानल डिस्कसन) का साथै संस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?