कुखुराको मृत्यु भएपछि मालिकले गरे कुखुराको तेह्रौँ, ५०० बढीलाई खुवाए खाना

लोकपथ
343
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लाबाट एउटा अनौठो घटना बाहिर आएको छ ।

प्रतापगढ जिल्लामा एक कुखुराको मृत्यु भएपछि मालिकले शव गाडेर तेह्रौँ कार्यक्रममा भोजको आयोजना गरेका छन् । मालिकले ५०० गाउँलेहरूको लागि भोज पनि व्यवस्था गरेका थिए ।

प्रतापगढको फतनपुर थाना क्षेत्रको बेहदौल काला गाउँका शालिग्राम सरोजले केही वर्षदेखि आफ्नो घरमा भाले पालेका थिए, जसको २०२२ जुलाई ७ मा मृत्यु भएको थियो। कुखुराको मालिकले गाउँकै खेतमा लगेर कुखुराको शव गाडेका छन् ।

मालिकले कुखुराको नाम लाली राखेका थिए । कुखुराको मालिकले १३ दिनपछि तेह्रौँको कार्यक्रम पनि गरे । घरपालुवा कुखुराको मृत्युपछि भएको यो घटना अहिले चर्चाको विषय बनेको छ । मानिसहरु मालिकको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?