काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।
घाइते भएका तनहुँको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागि हाडजोर्नी अस्पताल पठाइएको छ ।
डुम्रेबाट आँबुखैरेनी तर्फ आउँदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो । दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया