उपसभामुख निर्वाचन : पराजित भट्टराईले निर्वाचित भुसाललाई दिइन् बधाई

लोकपथ
294
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् ।

केहीबेरअघि सम्पन्न निर्वाचनमा निर्वाचित बनेकी भुसाललाई यतिबेला बधाई दिने क्रम जारी रहेको छ ।

सभामुखले अन्तिम परिणाम सुनाएसँगै उनलाई उनकै प्रतिष्पर्धी एमालेबाट उम्मेदवार बनेकी विद्या भट्टराईले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।

अन्तिम मतपरिणाम घोषणासँगै हसिलो मुद्रामा भुसाल समक्ष पुगेकी भट्टराईले खादा लगाएर बधाई दिएकी हुन् ।

लामो समयदेखि उपसभामुखविहीन बनेको संसदले आज उपसभामुख पाएको छ ।

आज भएको निर्वाचनमा भुसाल १४२ मतसहित निर्वाचित भएकी हुन् । भने भट्टराईले ९३ मत प्राप्त गरेकी छिन् । भने एक जनाले कसैको पक्षमा पनि मतदान गरेका छैनन् । उपसभामुखको निर्वाचन प्रक्रियामा १४२ सांसदले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?