प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

लोकपथ
168
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् ।

शुक्रबार भएको निर्वाचनमा १४८ मतसहित भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् ।

साथै उनको प्रतिष्पर्धी एमालेकी विद्या भट्टराईले ९३ मत पाएकी छिन् ।
प्रतिनिधि सभामा भएको निर्वाचन प्रक्रियामा २४२ सांसदहरुको उपस्थिती रहेको थियो । भुसालको पक्षमा १४८ मत, भट्टराइको पक्षमा ९३ मत र एक जनाले मत नदिनेमा समर्थन गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचनमा संसदको कायम रहेको सदस्यको बहुमत रहेकाले भुसाल उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका छन् ।

उपसभामुखमा निर्वाचित भुसाललाई गठबन्धनसहित लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको थियो । भने भट्टराईलाई एमालेसहित राप्रपाको समर्थन रहेको थियो ।

२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै संसद उपसभामुखविहीन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?