काठमाडौं । नेपाल प्रहरीको प्रमुख (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दामा सुनुवाई सुरु भएको छ ।
केहिबेरअघि उक्त मुद्दाको जवाफी बहस सुरु भएको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा उक्त मुद्दाको सुनुवाई हुँदै आइरहेको छ ।
आज रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अन्तिम फैसला आउन सक्ने बताइएको छ ।
गत वैशाख १८ गते सरकारले प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै त्यसको विरुद्ध एआईजी विश्वराज पोखरेलले मुद्दा दायर गरेका थिए ।
सरकारले बरियताको पहिलो नम्बरमा रहेका पोखरेललाई हटाउँदै तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया