काठमाडौं । नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी बहस हुँदैछ ।
आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ ।
आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।
सरकारले पहिलो नम्बरमा रहेका पोखरेललाई पन्छाउँदै तेस्रो वरियतामा रहेका सिंहलाई गत वैशाख १८ गते प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया