संसदमा पेश भयो नागरिकतासम्बन्धि विधेयक

लोकपथ
84
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकतासम्बन्धि विधेयक प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रस्तुत गरेका हुन्।

‘संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यवस्था भएकाले संशोधन विधेयक ल्याइएको हो,’ गृहमन्त्री खाणले विधेयक पेश गर्दै भने, ‘संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा संघीय कानुन बमोजिम हुने भनिएकाले विधेयक पेश भएको हो।’

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विद्येयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उक्त विधेयकको विरुद्धमा विरोधको उजुरी समेत परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?