१ देश आर्थिक संकटको संघारमा हुँदा सरकार ८४ करोडको हतियार किन्दै, जनता महँगीको मारमा, ११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा, देशको ढुकुटीमा ७ महिना मात्र आयात धान्ने विदेशी मुद्रा सञ्चित ।
२ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि, विभिन्न एजेण्डामाथि छलफल, पार्टीको विभिन्न तहको मर्यादाक्रमबारे प्रस्ताव पेश, पहिलो नम्बरमा सभापति अन्तिममा केन्द्रिय सदस्य, मर्यादाक्रमबारे प्रदेश सभापतिहरूको आपत्ति ।
३ तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, विधेयक पारित भएसँगै घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने गृहमन्त्री बालकृष्ण खाणको अपेक्षा ।
४ एमाले अध्यक्ष केपी शर्मा ओली र चिनिया नेता लिउ बीच ३ घण्टा भेटवार्ता, नेपाल र चिन बिच कुनै समस्या नरहेको ओलीको प्रष्टोक्ती ।
५ राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि उठ्यो प्रश्न, महाधिवेशनले पारित गरे भन्दा बेग्लै विधान निर्वाचन आयोगमा पेस, तिन दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगको निर्देशन ।
६ पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ८७३ पुग्यो
७ कांग्रेस खच्चड र कम्युनिष्ट घटक पाखण्डी भएको जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भटराईको आरोप, जसपा फुटको संघारमा ।
८ वैदेशिक अध्यनमा बाहिरियो ११ महिनामा ६० अर्ब, कोभिडले दुई वर्षसम्म प्रभावित भएको बैदेशिक अध्ययनमा यसपटक दोब्बर विद्यार्थी बाहिरिए ।
९ मौद्रिक नितिमा बैंक र व्यवसायी बिच टकराव, घाटा व्यहोरी रहनु परेको व्यवसायीको गुनासो, ब्याजदर बृद्धी नगरी बैंकहरुको नाफामा नियन्त्रण गर्न आग्रह ।
१० भन्सार छली ल्याइएका ५४ लाख बराबरको अबैध सामान रुपन्देहीबाट बरामद, बिल बिनाको सामान बोकेको लु.२ ख ६३७ नम्बरको ट्रकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यलय रुपन्देही पठाइयो
११ मंगलबार सेयर बजारमा झिनो सुधार, नेप्से परिसूचक ११ दशमलव ६८ अंकले बढ्दा एक अर्ब ७० करोड रुपैंयाको सेयर कारोबार, १३ वटै सूचकमा हरियाली ।
१२ श्रीलंकाका पूर्व अर्थमन्त्री बेसिल राजपाक्षे दुबई भाग्न खोज्दा विमानस्थलबाटै फर्काइए, विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला राजापाक्षेको पहिचान भएपछि सर्वसाधारणद्वारा अवरोध ।
१३ बेलायतको नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुने, हालसम्म ११ जनाको उम्मेदवारी
१४ इंग्ल्यान्ड र भारतबीचको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट श्रृंखला आजबाट सुरु, आयोजक टिम इंग्ल्यान्डलाई दबाबमा राख्ने योजनामा भारत ।
१५ नर्वेलाई फराकिलो गोल अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश, सोमबार राति भएको खेलमा इङ्ग्ल्यान्डद्वारा नर्वे ८–० गोल अन्तरले पराजित ।
https://www.facebook.com/lokpath/videos/1242445726500727
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया