प्रतिनिधिसभाकाे कार्यसूचीमा चढ्याे नागरिकतासहित १० वटा विधेयक

लोकपथ
98
Shares
gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा १० वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।

त्यस्तै उक्त विधेयकमाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले “योगमाया आयुर्वेद विश्वविद्यालय विद्येयक २०७६” लाई दफादार पेश गर्ने कार्यसूची राखिएको छ ।

यस्तै, राष्ट्रिय सभाको सन्देशसहित नेपाल “रेल्वे विद्येयक २०७९” प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्धारा सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुस् सम्भावित कार्यसूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?