फुटको संघारमा जसपा : बाबुराम पक्षको विस्तारित बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (बाबुराम) पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजेदेखि जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुनका लागि जसपा (बाबुराम पक्ष) का केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौ आइपुगेका छन् । दुई दिनसम्म चल्ने सो बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । बैठकमा उक्त कार्यपत्रमाथि छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाच सय रुपैया शुल्क तोकेको छ । बैठकमा आउने केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहरुले बास तथा खानाको व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ । पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ ।

यस्तै, जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ । यी दुई समूहको छुट्टाछुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ । पार्टी एक रहने कि विभाजन हुने विषयमा यी छुट्टाछुट्टै बस्ने बैठकले तय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?