भोलिसम्मका लागि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

लोकपथ
56
Shares

काठमाडौं । मंगलबार पुन बस्नेगरी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
आजको बैठकमा सातै वठा प्रदेशका सभापतिहरुले आ-आफ्नो धारणा राखेका थिए ।

भातृ तथा शुुभेच्छुक संस्थालाई सक्रिय र चलायमान बनाउनेसहित विभिन्न एजेण्डामा छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।

बैठकमा भातृ तथा शुुभेच्छुक संस्था थप गर्नेबारे प्रस्ताव पेश हुँदैछ ।

बैठक केहिदिन चल्नेछ । बैठकमा स्थानीय तहको समिक्षा समेत गरिने बताइएको छ । भने बोल्नका लागि केन्द्रीय सदस्यहरुलाई ७ मिनेटको समय दिइएको छ ।

बैठक भोलि दिँउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?