संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे विश्वप्रकाशको प्रश्न : ‘प्रधानमन्त्रीलाई गलत सल्लाह कसले दिन्छ ?

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विद्येयक फिर्ता हुने बताएका छन् ।

गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववत् केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आएको जस्तो विद्येयक राष्ट्रिय सभामा पेस गरेसँगै त्यसको विरोध भइरहेको छ ।

सो क्रममा महामन्त्री शर्माले ओलीको पालामा जुन गलत कुरा आएको थियो देउवाको पालामा पनि त्यहि गलत आएको प्रस्ट पार्दै अभिलम्ब फिर्ता लिन माग गरेका छन् ।

साथै प्रधानमन्त्री देउवालाई यस्ता विषयमा कसले दिन्छ भन्दै प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता माग गर्दै त्यसबारे ध्यानाकर्षण गराएका छन् ।

‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री @SherBDeuba को गम्भीर जवाफदेहीता जरुरी छ ।’

ओली नेतृत्वको सरकारले ल्याएको जस्तै विद्येयक देउवा नेतृत्वको सरकारले ल्याएसँगै कांग्रेस नेताहरु त्यसबारेमा सशंकित भएका छन् । यता कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले समेत उक्त विद्येयक फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । महामन्त्री थापाले अघिल्लो सरकारले ल्याएको जस्तै विद्येयक वर्तमान सरकारले ल्याउनु खेदजनक रहेको बताउँदै त्यो तत्काल फिर्ता गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?