काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री ५० वर्षभन्दा कम उमेरको हुनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा एनआरएनएले आयोजना गरेको कार्यक्रममा शनिबार बोल्दै नेता शर्माले सो कुरा बताएका छन् ।
अर्का महामन्त्री गगनकुमार थापाले अबको प्रधानमन्त्रीमा दाबी गर्ने बताएसँगै शर्माले आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
वीपी कोइरालादेखि शेरबहादुर देउवासम्म ५० वर्ष भन्दा कम उमेरमा प्रधानमन्त्री बनेको बताउँदै नेता शर्माले भावी प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेका गगनलाई सहयोग गर्ने बताए ।
उनले भने, ‘कांग्रेसबाट वीपी र शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री बन्नुभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला, तर भएन । गगन थापा ५० वर्षमुनिकै हो। प्रधानमन्त्रीमा मेरोभन्दा गगनकै दाबा बलियो छ ।’
महामन्त्री थापाले केही दिन अघि आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको दाबी गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया