बैतडीका किसानलाई कागतीका बिरूवा वितरण

लोकपथ
42
Shares

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ ।

एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७८/२०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए ।

यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक बर्ष २०७९/२०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।

कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरूवा वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?