काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बस्नुअघि आफू पक्षका नेताहरुको साझा धारणा बनाउन शेखर पक्षको बैठक बस्न लागेको हो ।
केन्द्रीय पदाधिकारी बैठकमा प्रस्तुत हुुने एजेण्डाबारे आफू पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको बताइएको छ । काठमाडौंको बालुवाटारस्थित डा.कोइरालाको सम्पर्क कार्यालयमा दिउसो १ बजे बैठक बोलाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको, विधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ । कांग्रेस भातृ तथा शुभेच्छुुक संस्थाको नेतृत्व चयन गर्दा आफूसँग छलफल तथा परामर्श नै नगरिएको भन्दै शेखर पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बैठक बस्न लागेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया