पाँचथर । पाँचथरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राई पक्राउ परेका हुन् ।
राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया