काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र जनयुद्ध कसैको इशारामा गरिएको आरोप लगाएका छन् ।
शुक्रबार छविलाल कार्की स्मृतिमा कार्यक्रमका बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले जनयुद्धको नाममा व्यक्तिगत स्वार्थ पूर्ति गर्न लागिएको आरोप लगाए ।
‘जनयुद्धको नाममा माओवादीले जुन हिंसा गर्यो । त्यो कुनै जनयुद्ध थिएन । निहित स्वार्थको लागि, केहि व्यक्तिको स्वार्थका लागि कसैको इसारामा कसैको योजनामा नेपाली जनताको जीवनमाथि खेलवाडपूर्ण ढंगले नेपालमा ल्याएर लागू गरियो ।’ उनले भने ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विश्वमा कम्युनिष्ट आन्दोलन कसरी ओझेलमा परेको हो भन्दै ब्याख्या समेत गरेका छन् ।
२०६२/०६३ सालमा ८३ जना माओवादीहरु रगतले लत्पतिएका कपडाहरु फुकालेर संसद छिरेको आरोप लगाए ।
‘२०६३ सालमा रगतले लत्पतिएका कपडा खोलेर ८३ जना सांसद भएका थिए ।’ उनले भने ।
त्यसैगरी सांसद बनेका बाहेक अन्य कार्यकर्ताहरुलाई सपना देखाएर धोका देखाएको आरोप लगाए । साथै माओवादीको नाममा अध्यक्ष प्रचण्डसहितका नेताहरुले माथि पुगे पनि अन्य कार्यकर्ताहरु विदेश जाने अवस्थाको सिर्जना भएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया