काठमाडौं । काठमाडौंको सानो भर्याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो ।
घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया