लेवनान र पोल्याडको भ्रमणमा निस्के उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन लेवनानतर्फ प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण/अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणामा उहाँ आज साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनले लेवनानमा शान्ति मिसनअन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनेछन् । भ्रमणका क्रममा समकक्षी याकुब रियाद एल सर्राफसहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी, लेवनानको दुईदिने भ्रमण पूरा गरी १९ गते पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्सपो’ मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्नेछन् ।

समकक्षी एन्टोनी मसिओएजको निमन्त्रणामा पोल्याड जान लागेका उपप्रधानमन्त्री पोखरेलले ‘एक्सपो’ सहभागी मुलुकका सेनाले प्रयोग गर्ने सैन्य सामग्रीलगायतको जानकारीसमेत लिनेछन् ।

उपप्रधानमन्त्री पोखरेल दुवै मुलुकको भ्रमण पूरा गरी भदौ २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?