‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा अनन्तरामले बनाए नयाँ रेकर्ड

काठमाडौं । अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । 

नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर नयाँ कीर्तिमान कायम गरेका हुन् । 

केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन् ।  

न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए । 

निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राखेका केसीलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?