प्रचण्डलाई फेरि एक पटक प्रधानमन्त्री हुने रहर !

लोकपथ
105
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरी एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै दाहालले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढने बताए ।

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावासमेत गरेकाे छन् ।

दालले भने ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’

अब बाँकि जीवन देशको आर्थिक विकास र समृद्धिको निम्ति सबै क्षेत्रको समृद्धिको यात्रा सुरु गर्ने मनसायको साथ राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बोकेर अबको जीवन बिताउने चाहना रहेकाे उनले बताए ।

साथै उनले बामपन्थीहरुको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो । त्यो सफल नभएकाे असन्ताेष पनि पाखे ।

अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना रहेकाे पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?