कञ्चनपुर । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरी १३ वर्षीय बालिका निर्मला पन्त र आन्दोलनका क्रममा शुक्रबार साँझ प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५–५ लाख दिने निर्णय गरेको छ ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५–५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् ।
त्यस्तै केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।
आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट राहत दिने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया