काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारण सभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताएका छन् । “विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ ।”
सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । विश्वविद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया