काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपुराज ज्वारचनलाई दिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई दिइएको हो ।
निगमको वर्तमान अध्यक्ष निलम्बनमा परेसँगै महाप्रबन्धक र अध्यक्षको समेत जिम्मेवारी ज्वारचनलाई दिइएको हो ।
ज्वारचन यसअघि निगमको अपरेशन विभाग प्रमुखका रहेका थिए भने उनी एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट समेत हुन ।
उनी विगत १३ वर्षदेखि निगमका कार्यरत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया