जनकपुरधाम । प्रदेश २ सरकारले आज (आइतबार) जनैपूर्णिमा तथा रक्षाबन्धको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । तर, संघीय सरकार मातहतका सरकारी निकायले बिदा कार्यान्वयन गरेन ।
संघीय सरकार मातहतका सरकारी कार्यालयले बिदा कार्यान्वयन नगरेपछि प्रदेश नम्बर २ को सरकार रुष्ट बनेको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भदौ ९ गते प्रदेश सरकारको राजपत्रमा सूचना प्रकाशित गर्दै रक्षाबन्धन तथा जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था, संस्थान र विद्यालयहरुमा सार्वजनिक विदा कार्यान्वयन गराउन निर्देशन दिएका थिए ।
त्यस्तै, गत भदौ ६ गतेपनि प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदको उपलक्ष्यमा पनि सार्वजनिक बिदा दिएको थियो । तर, त्यति खेरपनि संघीय सरकार मातहतका सरकारी कार्यालयहरुले बिदा कार्यान्वयन गरेका थिएनन् ।
सार्वजनिक बिदालाई सङ्घीय सरकार मातहतका रहेका जिल्ला प्रशासन कार्यालय, मालपोत, राष्ट्र बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नापी कार्यालयलगायतका सरकारी कार्यालयले पालना नगरेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया