अफगानिस्तानमा भूकम्पमा परी सयौँको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त

लोकपथ
91
Shares

काठमाडौं । नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौँको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौँको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो ।

‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?