छोराको कुटपिटबाट बुबाको मृत्यु

लहान । सिरहाको लहान नगरपालिका–१८ मनर्वाका ४५ वर्षीय उमेश सदायको मृत्यु भएको छ  । आफ्नै छोराको कुटपिटबाट सदाय गम्भीर घाइते भएका थिए  । 

घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । 

सञ्जयलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सु्रु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?