काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप १० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया